• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

प्रचण्डमाथि सुर्य थापाको आरोपः माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्ने कोशिश कामै लागेन

प्रकाशित मिति

२०७८ जेष्ठ १ गते, शनिबार ०१:०९

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने प्रचण्डको कोशिश विफल भएको टिप्पणी गरेका छन् । उनले कम्युनिस्ट सरकार फालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शिरमा बोक्न समेत नसकेको भन्दै प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले डेढ वर्षयता माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने रणनीतिमा प्रचण्ड लागेको आरोप समेत लगाए । उनले लेखेका छन्, माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढवर्ष लामो कोशिश कामै लागेन । थापाले देउवालाई सत्तामा पुर्याउन प्रचण्ड लागेको र कम्युनिस्ट सत्ता फालेर जग हँसाउन खोजेको आरोप समेत लगाए ।

Kamana Sewa
  • सुर्य थापाले लेखेका छन्ः पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेछ१माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढबर्ष लामो कोशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बोकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाको पीडा पोखेछन्

Classic Tech Desktop

प्रतिकृया