• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

महामारीमा अस्पतालको कमाउ धन्दा, नियमनकारी निकाय मौन

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०८:३८

  • पुजा बगाले

काठमाडौं :  हाम्रो देश नेपालमा  कोभिड  १९ को दोस्रो महामारी नेपाल लगायत छिमेकी मलुक भारत साथै अन्य देशहरूमा नयाँ भेरियेन्टको रूपमा उच्चदरमा फैलिरहेको छ । जसले गर्दा नयाँ सक्रिय संक्रमित संख्या थपिएसंगै मृत्युदर समेत ह्वात्तै बढाएको छ।  कोभिड नियन्त्रणका लागि भन्दै नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका गतिविधिमा रोक लगाउदै निषेधाज्ञा जारी गरेको छ ।

 

Kamana Sewa

 

Classic Tech Desktop

गत साल पहिलो चरणको संक्रमण फैलिँदा लकडाउनले सर्वसाधारण जनताले दैनिक गुजारा चलाउन समेत हम्मे हम्मे परेको थियो।  कतिपय नागरिक भोकै सडकको पेटीमा बस्न बाध्य थिए । विस्तारै संक्रमितको संख्या नियन्त्रणमा आएसंगै लकडाउन खुकुलो पारिएको थियो र यसले दैनिकी गर्ने मजदुरहरूलाई केही राहत मिलेको थियो ।

 

 

तर पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या बढेसँगै पुनः निषेधाज्ञा गर्नुपर्ने बाध्यता आयो । कोरोना महामारीले लामो समय लकडाउन हुँदा मजदुर सर्वसाधारण जीवनयापन गर्ने रोजगारी नहुँदा रोग र भोक दुवैले मर्ने डरका कारण भौतारिन बाध्य भएका छ्न् ।

 

 

केही दिन यता संक्रमितको संख्या बढेसंगै अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउन पर्ने बाध्यता छ । संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल लगायत विभिन्न निजी अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन् ।  विगत एक वर्षदेखि विश्व आतंकित हुँदा नेपाल सरकारबाट जनतालाई सुबिधा दिन अनुमति लिएर नेपालमा सञ्चालन भएका ठूला र निजी अस्पताल आफूखुसी उपचार शुल्क तोकेर कमाउ धन्दामा व्यस्त छन् ।

 

 

सर्वसाधारण जनता कोरोनाले आक्रान्त हुँदा समेत सरकारी अस्पताल र निजि अस्पतालले हामी नयाँ भर्ना लिन सकिदैन भन्दै हात झिकिरहेको अवस्था छ ।  जनता मुस्किलले अस्पताल पुगिहाले पनि बेडहरु भरिभराउ, भेल्टिलेटर र अक्सिजन औषधि उपचारको अभावमा छट्पटिन बाध्य छ्न् ।  कतिपय अस्पताल पुगेका विरामीहरू खर्चको अभावमा अनाहकमा प्राण त्याग्नु गर्नुपर्ने बाध्यता समेत सिर्जना भएका छन् ।

 

 

केही दिन अघिमात्र काठमाडौं उपत्यकाका ह्याम्स अस्पताल लगायत केही ठुला अन्य निजि अस्पतालले समेत एक बिरामीका लागि दैनिक १० देखि ५० हजारसम्म शुल्क लाग्ने भन्दै विज्ञप्ति जारी गरेको छ । यी अस्पतालले त सार्वजनिक सूचना नै जारी गरेर यो शुल्क लिने घोषणा गरेका हुन् । तर, एक रातको बेडचार्ज लाख भन्दा बढी लिने अस्पतालहरु थुप्रै छन् । यिनलाई नियमन गर्ने सरकार मौन छ ।

 

 

महामारीको समयमा सरकार कुर्सीकै खेलमा अलमलिने निजि अस्पतालले आफु खुसि शुल्क निर्धारण गर्ने सर्वसाधारण जनता आईसियु,भेन्टिलेटर,अक्सिजनको खोजिमै दैडिदा अकालमै ज्यान गुमाउनु पर्ने विडम्बना हामी माझ सिर्जित छ ।

 

 

यतिबेला निजि अस्पतालले आफुखुसि शुल्क निर्धारण गर्नु नियमन निकाय मौन रहनु र सरकार कुर्सीकै खेलमा दौडधुप गर्नु लज्जास्पद विषय होइन र ?   कोरोना महामारीका बेला स्वास्थ्य सेवा सुलभ गराउनुपर्नेमा अति महङ्गो शुल्क निर्धारण गर्ने यी अस्पतालहरुलाई कसले कारबाही गर्नेरु सरकारी निकायलाई त्यतातिर ध्यान दिन फुर्सद नै छैन ।

 

 

दिनप्रतिदिन सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा सरकार र सम्बन्धित निकायले यदि आइसियु, भेन्टिलेटर, अक्सिजन, आइसोलेशन सेन्टरको उचित प्रबन्ध गर्न सक्दैन भने मृतकको अन्तिम दाहसंस्कारको लागि घाटको संख्या बढाउन तिर सरकारको ध्यान जाओस्  !

प्रतिकृया