• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

आमा बन्दै ऋचा

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार ११:३६

काठमाडौँ : नयिका ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छिन् ।

नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सबैबाट आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् ।

Kamana Sewa

ऋचाले लेखेकी छिन्- ‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’

Classic Tech Desktop

ऋचाले एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा भएको पनि उल्लेख गरेकी छिन् ।

उनी अगाडि लेख्छिन्-‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमfनले सजीवनको रुख रोप्दैछौँ ।

यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाइहरु सम्पूर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

प्रतिकृया