• २१ जेठ २०८३, बिहीबार
  • ६:१९ बिहान

वायुसेवा कम्पनीले उडान गर्न नसक्ने

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार ०१:४३

काठमाडौं, आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए । तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

Kamana Sewa

९ दिनसम्म २५ प्रतिशतमात्र उडान

Classic Tech Desktop

२१ सेप्टेम्बरबाट ९ दिन (३० सेप्टेम्बर २०२०)सम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ । वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ ।अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ । माग र औचित्यता हेरी थप उडान स्वीकृत गरिने मन्त्रालयले वायुसेवा कम्पनीलाई जानकारी गराएको छ ।

भाडा नबढ्ने

हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो । तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले जानकारी दिए ।

हेल्थ डिक्लेरेसन गर्नुपर्ने

अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फारम भर्नु पर्नेछ । यस्तो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्छ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनु पर्नेछ ।

प्रतिकृया