• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

भारतीय सेनालाई हटाउँदै छ चिनियाँ सेना ?

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार ०१:२०

एजेन्सी, भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार राज्यसभामा लद्दाखमा चीनको सीमामा भारतीय सेनाले पारम्परिकरुपमा नै गस्ती गर्दै आएको र यसमा कुनै भ्रम नरहेको बताएका थिए । सिंहले भारतीय सैनिकलाई सीमामा गस्ती गर्नका लागि विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै गस्ती पहिले जस्तो थियो, त्यस्तै हुने र यसमा कुनै बदलाव नआउने बताएका थिए ।

तर, अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेसको पहिलो पानामा प्रकाशित एक रिपोर्टमा उत्तर लद्दाखको देपसङमा स्थिति एकदमै फरक रहेको छ । मे महिनामा वास्तविक नियन्त्रण रेखामा गतिरोध सुरु हुनुभन्दा एक महिनाअघि प्याङगोङ त्सोमा भारतीय सैनिकलाई फिंगर ४ देखि एलएसी (वास्तविक नियन्त्रण रेखा) फिंगर आठसम्म गस्ती गर्न जान दिइएको थियो । चिनियाँ सैनिकले भारतीय सैनिकको गस्ती दललाई देपसङको पाँच पारम्पिरिक विन्दुबाट भने बाटो दिन अस्वीकार गरेका छन् । यसमध्ये चीनले भारतीय सैनिकलाई गस्तीको विन्दु १०, ११, ११ए, १२ र १३ मा मार्च–अप्रिल महिनाबाट नै जान नदिएको सरकारका शीर्ष सुत्रको हवाला दिँदै इन्डियन एक्सप्रेसले लेखेको छ ।

Kamana Sewa

यी पाँच गस्ती विन्दु एलएसी निकट रहेका छन् र यो भारतको क्षेत्रमा पर्दछन् । यद्यपि, कत्रो ठूलो क्षेत्रमा भारतीय सैनिकहरुलाई जान नदिइएको भन्ने खुलाइएको छैन । अनुमान अनुसार सो क्षेत्र ५० वर्ग किलोमिटर ठूलो छ । यी गस्ती विन्दु सामरिक हिसाबले निकै महत्त्वपूर्ण रहेका छन् । यी गस्ती विन्दुलाई नियन्त्रणमा लिएर चिनियाँ सेना भारतीय सेनलाई यस क्षेत्रबाट हटाउन खोजेको समाचारमा उल्लेख गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया