बैंक अफ काठमाण्डूद्वारा बीमा रकम भुक्तानी
प्रकाशित मिति
२०७७ असार २१ गते, आईतवार ०५:१०
काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले (बिओके) सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको छ ।
बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।

सोही सुबिधा अनुसार शुभद्रा श्रेष्ठले उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिनु भएको थियो । बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ्ग कारोबार गर्दै आईरहनु भएकी श्रेष्ठले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाउनु भएको छ ।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।
बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा इन्स्योरेन्स कम्पनीका जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती रहेको थियो ।
बैंकको हाल सम्म ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।




प्रतिकृया