• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

पातञ्जल योगद्धारा अयोजित गुरुपुर्णिमाको कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सम्वोधन गर्ने

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०५:२०

भक्तपुर, गुरुपुर्णिमाको पावन अवसरमा पातञ्जल योग समिति नेपालद्धारा आज २०७७ असार २१ गते साँझ ७ बजेदेखि ८ः३० बजे भित्रमा सम्पन्न हुने गरि जुम वेबीनार मार्फत शुभारम्भ गरिने गुरुपुर्णिमा विशेष उत्सव कार्यक्रमलाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सम्वोधन गर्नुहुने भएको छ ।

वैदिक कालदेखि नै गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाईने यो दिन गुरुलाई शिष्यले सम्मान प्रकट गर्ने मह्त्वपुर्ण दिनको रुपमा मानिएको छ । यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदी बताउँछन ।

Kamana Sewa

नेपाल सरकारका प्रदेश एवं संघियका जनप्रतिनिधि , योग क्षेत्रका विज्ञ व्यक्तित्वहरु लगायत योगप्रेमीहरुका विच सम्पन्न हुने निर्धारित कार्यक्रमकमा सहभागीताको लागि आयोजक संस्थाले अपिल समेत गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया