• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

कोरोना संक्रमितको सूचिमा चौथो स्थान भारत, एकैदिन २४ हजार कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०२:१०

एजेन्सी, भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै २४ हजार कोरोना संक्रमित थपिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा भारतमा २२ हजार ७७१ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा हालसम्म १८ हजार ६५५ संक्रमितको ज्यान गइसकेको छ भने ६ लाख ४८ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Kamana Sewa

भारतको संघीय सरकारले लकडाउन टु लुजडाउनको नीति अख्तियार गरेपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । हरेक ५ दिन नबित्दै एकलाखभन्दा धेरै संक्रमित थपिने गरेका छन् ।

Classic Tech Desktop

भारतमा जुन १७ मा अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन २ हजार ३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा चौथो स्थानमा छ ।

प्रतिकृया