• 3:34 am

छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०१:४०

nepal telecome 20180918041006 e1685693604369

दार्चुला, कालापानी क्षेत्र नजिकै व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ ।

सञ्चारविहीन रहेको व्यास क्षेत्रमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनका लागि नयाँ टावर जडानको लागि टेन्डर आह्वान गरिसकेको छ । छाङरुमा फोरजी सेवा विस्तारका लागि जीएसएम (नमस्ते) मोबाइलको टावर बनाउने ठेक्का हुवेइ कम्पनीले पाएको छ । छाङरु नजिकै ज्याक्ति भन्ने ठाउँमा ३५ मिटर लामो टावर बनाएर दुहुँ र व्यास गाउँपालिकाको सीमा क्षेत्र रहेको ब्रह्मलेकबाट व्यासको टावरलाई लिङ्क दिइने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनु भएको छ ।

बन्दाबन्दीको अवधिमा सामान ढुवानीमा केही ढिलाइ भएपनि सामान ढुवानी भएको एक महिनाभित्र फोरजी सेवा सञ्चालन गर्न सकिने प्रमुख गुरुङको भनाइ छ । छाङरुमा राखिने नमस्ते फोरजी टावरले तिङ्कर गाँउसम्म कभरेज नपुग्ने भएकोले तिङ्करका लागि छुट्टै टावर राखिने छ ।

प्रतिकृया