• ४ साउन २०८३, सोमबार
  • २:०४ बिहान

मौसम पूर्वानुमानः वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार १०:२०

काठमाडौं, निम्न चापीय प्रणालीको प्रभाव बढेकाले आज दिउँसो बर्षा हुन सक्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सुचनाका अनुसार निम्न चापीय प्रणालीको प्रभावले अझै केहि दिन मौसममा बदली आउने छ ।

चापीय प्रणालीका कारण हाल देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ । यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ ।

Kamana Sewa

महाशाखाका अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ। त्यस्तै, शुक्रबार राति देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख छ ।

Classic Tech Desktop

प्रतिकृया