कोरोना भाइरसको संक्रमणले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा
प्रकाशित मिति
२०७६ माघ १७ गते, शुक्रबार १०:४२
चीनमा कोरोना भाइरसका कारणले मृत्यु हुने संख्य २१३ पुग्यो
काठमाडौं, चीनमा देख परेको कोरोना भाइरस १८ देशमा फैलि सकेको छ । हाल सम्ममा चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय बढेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय बढेको छ । विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओले जनाएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहितका देशमा पनि संक्रमण भेटिएको छ ।




प्रतिकृया