• ४ साउन २०८३, सोमबार
  • ३:५० बिहान

थारु समुदायको ‘माघ’

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०४:०६

सरिता चौधरी,

नेपालको कुल जनसंख्या मध्ये ६.६ प्रतिशत (२०६८को जनगणना ) थारु जातिको नेपालमा बसोबास छ । थारु जाति जनजाति मध्ये एक जाति हो । जुन समुदाय मौलिक सांस्कृतिले भरिपूर्ण छ । यस समुदायले मनाउने मौलिक पर्व मध्ये माघ (माघे संक्रान्ति) एक हो । माघलाई पुर्वदेखि पश्चिमसम्मका थारु समुदायले आ–आफ्नै सांस्कृति अनुसार मनाउने गर्दछन् तर जस्ले जसरी मनाए पनि माघ पर्वलाई थारु समुदायमा नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यस वर्षको माघ १ गते देखि थारु सम्बत् २६४४ लाग्ने थारु आगुवाहरुले बताएका छन् ।

Kamana Sewa

थारु समुदायमा मनाइने मौलिक पर्व मध्ये माघ महत्वपुर्ण पर्व हो । यस पर्वलाई पश्चिमी थारु समुदायमा माघ लाहान भनिन्छ ।यस पर्वलाई राष्ट्रिय रुपमा माघे संक्रान्ति भनेर चिनिन्छ । माघ अघिल्लो दिन अर्थात पुस अन्तिम दिन गाउँमा सुँगुर काट्ने चलन छ , जसलाई ‘जिता मरना दिन’ भनिन्छ । यस दिन प्रत्येक घरमा सुँगुरको मासु, ढिकरी ९चमलको पिठोको एक परिकार०, माछा लगाायतको परिकार बनाएर जाँड–रक्सीको साथमा खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने चलन छ । माघमा गाउँने गीतलाई ‘धमार’ भनिन्छ भने माघमा नाच्ने नाचलाई ‘मघौटा’ भनिन्छ । माघको दिन विहानै नुहाए पछि घरमा ‘निश्राउ’(चामल) छोएर आफुभन्दा ठुलालाई ढोग गरी आशीर्वाद लिने चलन छ । यसरी माघको दिन दिनभरी नै आफन्तासंग ढोगभेट गर्ने चलन छ ।

Classic Tech Desktop

थारु समुदायमा माघको विशेषता

धर्मिक विश्वास

माघको दिन नुहाएर पुजा गरेमा वर्षभरीको पाप पखालिने, सुख प्राप्त हुने र मनोकामना पुरा हुने मान्यता छ । माघको भोलि पल्ट निकालेकोे निश्राउ विवाहित दिदिबहिनीलाई दिएमा भाईबहिनी बीचको सम्बन्ध प्रगाढ बनाउने र दिनदुखीलाई निश्राउ दिएमा वर्षभरी खाना पुग्ने थारु समुदायमा विश्वास छ ।

नयाँ वर्ष
थारु समुदायले प्रचिनकालदेखि माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउदै आएका छन् । वर्ष दिनको जीवन निर्वाहको क्रममा आई परेका दुख–कष्ट, आपतविपत झेलेर बाँच्न सफल भएकोमा हार्दिक शुभकामना आदान प्रदान गर्छन् । माघ मिलनको शिलशिलमा विभिन्न क्षेत्रमा माघ मिलन समारोह, महोत्सव मनाउने गरिन्छ । माघ मिलन तथा महोत्सवमा थारु विभिन्न सांस्कृतिका प्रदर्शन गरिन्छ ।

स्वतन्त्रताको दिवास

थारु समुदायमा माघ पर्वलाई मुक्ति दिवसको रुपमा पनि मनाउने गरिन्छ । माघको दिन कुनै किसान रकमैया गर्दै आए जमिनदारको घरमा काम गर्ने कि नगर्ने कम्लहरी, गयरवा, भैसरवा (गाइभैसी हेर्ने व्यक्ति) जस्ता गरेलु कामदारको अर्को सम्झौता नभए सम्म कामबाट स्वतन्त्र हुन्छन् । सोही दिनबाट आफुखुशी नयाँ काम खोज्ने वा पुरानै काममा लाग्ने स्वतन्त्रता रहन्छ जसलाई थारुमा ‘खोज्नी बोज्नी’ भनिन्छ । तथापि बि। सं। २०५७ सालदेखि नेपाल सरकारले पुर्व कमैयालाई मुक्त भएको घोषण गरिसकेपछि यो चलन हल छैन ।

समुदायको नयाँ नेतृत्व चयन

थारु समुदायमा आफ्नै किसिमको सामाजिक प्रशासनिक मान्यता छ । जस अनुसार एक बर्ष अवाधिको लागि भलमन्सा, गुरुवा (भर्रा) , चिरक्या (चौकिदार) चयनमा हेरफेर गर्ने गरिन्छ । यी नेतृत्व वर्गले गाउँको अगुवा भइ धार्मिक तथा सामाजिक रितिथिती न्यायीक , प्रशासनिक ,बिकास तथा साँस्कृतिक काम गर्दछन । यो प्रणाली थारु समुदायको प्रभावकारी र महत्त्वपूर्ण सामाजिक संगठन हो । यसैगरी घरायसी नेतृत्वको पनि चयन गरिन्छ । यस दिन बर्ष भरिको हिसाब किताब फछ्र्यौट समेत हुन्छ ।

सामाजिक तथा साँस्कृतिक महत्त्व

थारु समुदायको नयाँ बर्ष माघ विभिन्न कार्यक्रम गरि हप्तादिनसम्म मनाइन्छ । यस पर्वलाइ एउटा रमाइलो मात्र नभई आपसी मिलन, सद्भाव , आदर सम्मान , मान मर्यादा तथा बन्धुत्वभावले बिश्व नै एउटा परिवार भन्ने सन्देश दिन्छ ।यस पर्वमा माघ मिलन, माघ महोत्सब जस्ता कार्यक्रममा मार्फत थारु सांस्कृति अन्य समुदायमा सतासात भएको छ । जसले एकदमै सकरात्मक सन्देश दिन्छ अर्थात अन्य समुदाय र थारु समुदायबीच सांस्कृतिमा सद्भाव बढाउछ ।

प्रतिकृया