• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

चिसोमा तरुल खानुका फाइदा

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ११:२६

तरुल प्रायजसो चिसो मौसम पाइन्छ । तरुल पुस र माघको महिनामा उसिनेर खाइन्छ । यसको अलावा तरुललाई तरकारी अचारको रुपमा पनि खाइने गरिन्छ । अहिले बजारमा जताततै तरुल राखिएको देख्न सकिन्छ । माघ नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ । तरकारी बजारदेखि ठेलागाढामा राखेर तरुल बेच्नेहरु देख्न सकिन्छ । तरुलले चिसोमा शरिरलाई तातो बनाउनुका साथै यस विभिन्न फाइदाहरु यसप्रकार रहेका छन् ।

१) तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुनाले शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ ।

Kamana Sewa

२) छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि पनि तरुल राम्रो हुन्छ ।

Classic Tech Desktop

३) तरुलमा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि उपयुक्त मानिन्छ ।

४) तरुलमा भिटामिन बी– ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्याबाट जोगाउँछ ।

५) यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

६) तरुल खानाले मस्तिष्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउँछ ।

प्रतिकृया