• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

वरिष्ठ नेता पौडेल स्वास्थ्य उपचारका लागि दिल्ली गए

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ११:१३

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । सोमबार स्वास्थ्य उपचारका लागि उहाँ दिल्ली जानुभएको हो । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली जानु भएको बुझिइएको छ ।

नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव चिरञ्जीवी अधिकारी जनाउनुभएको छ । पार्टीको आन्तरिक विषयको बारेमा यही पुस २७ गते कांग्रेसका वरिष्ठ नेता पौडेल, सभापति देउवा र नेता कृष्ण सिटौलाबीच देउवा निवास बुढानिलकण्डमा भेटवार्ता भएको थियो ।

Kamana Sewa

प्रतिकृया