• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

भक्तपुर कांग्रेसले सूचना विधेयकको विरोधमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार १०:५५

भक्तपुर, नेपाली कांग्रेस भक्तपुरले कम्युनिस्ट सरकारले ल्याएको सूचना प्रविधि विधेयक र विशेष सेवा विधेयकको विरोधमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

सल्लाघारीस्थित पार्टी कार्यालयमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले माघ ५ गते प्रमुख जिल्ला अधिकारीमार्फत कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको नेपाल तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । पार्टीको निर्णयअनुसार माघ ५ गते ज्ञापन पत्र बुझाउने क्रममा तरुण दलको विशेष उपस्थिति हुने समेत उहाँले बताउनुभयो ।

Kamana Sewa

Classic Tech Desktop

बैठकलाई सम्बोधन गर्दै भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले कम्युनिस्टहरूले निर्वाचनबाट पाएको जनमतको दुरुपयोग गरेको भन्दै कम्युनिस्ट अधिनायकवादको विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । सभापति थापाले सूचना प्रविधि र विशेष सेवा विधेयक संविधानले दिएको अधिकार विपरित ल्याएको भन्दै कम्युनिस्ट अधिनायकवादको शुरुवात भएको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश सांसद कृष्णलाल भँडेलले हेटौँडालाई राजधानी तोकिएकोमा असन्तुष्टि जनाउनुभएको थियो । उहाँले आफूले विरोध गर्दागर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दवावमा हेटौँडा प्रदेश राजधानी भएको बताउनुभको थियो । बैठकमा जिल्लाको राजनीतिक वस्तुस्थितिको समीक्षाका साथै भावी दिनहरूमा कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत छलफल भएको बुझिइएको छ ।

प्रतिकृया