• १२:०० २०८१ बैशाख ७ गते
  • 12:00 pm

आफ्नो कार्यकालको बाँकी समय विकास निर्माण र जनताको आर्थिक समृद्धिका लागि खर्चनेछु : अध्यक्ष लोप्चन

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार १०:०७

bir bhadur lama

बागमति गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेर नमूनाको कार्य गर्दै आएको छ । उक्त कार्यक्रम मार्फत स्थानीयलाई उत्पादन कार्यमा जोड्ने र आर्थिक समृद्धि बनाउने कार्यमा बागमति गाउँपालिका निरन्तर सक्रिय बन्दै आएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनसँग मातृभूमिन्युज डटकमका संवाददाताले गर्नुभएको कुराकानीको सार संक्षेप ।

बागमति गाउँपालिकामा पछिल्लो समयमा भएका विकास निर्मार्णका कामहरु के के हुन ?

अहिले बागमति गाउँपालिकामा गाउँपालिका स्त्तरीय अस्पताल निर्माण हुँदैछ । पहिलो चरणमा ५ बेडको र पछि क्रमिक रुपमा १५ बेडसम्मको पु¥याउने लक्ष्य छ । यस वर्षभित्र सो अस्पताल करिब निर्माण सम्पन्न हुने अपेक्षा लिएका छौं । बगुवकादेखि प्याूटारसम्मको १० किलो मिटर दुरीमा ६ मिटर चौडा भएको पक्की पीच बाटो निर्माण हुँदैछ । चालु आर्थिक वर्षदेखि गाउँपालकाले १० लाख रुपियाँ भन्दा माथिका सबै योजना टेण्डर प्रक्रियाबाट गर्ने र सो भन्दा कम बजेटका योजना मात्र उपभोक्ता समितिले गर्ने निर्णय भएको र अहिले सोही अनुसार काम भइरहेका छन् । एक घर एक धारो अभियान तिब्र गतिमा भइरहेको छ । अबको दुई वर्षमा सबैको घरमा धारो पु¥याउने गरी काम धमाधम गरिरहेका छौं ।

नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरी बागमति गाउँपालिकाले केके काम गरिरहेको छ ?

गाउँपालिकाकै प्रमुख आकर्षणको केन्द्र भट्टेडाँडाँको सात कन्य स्थित राडर क्षेत्र हो । सो क्षेत्रमा पर्यटकीय संरचना निर्माण गर्न यस वर्ष पनि एक करोड रुपियाँको बजेट विनियोजन भएको छ । अहिले त्यहाँ पर्यटकीय संरचना धमाधम निर्माण हुँदैछ । राडर क्षेत्रबाट काठमाडौं उपत्यका लगायत, तराई र हिमाल क्षेत्र राम्रोसँग अवलोकन गर्न सकिन्छ । बागमति गउँपालिका आफैं पर्यटकीय क्षेत्र हो । गाउँपालिकामा एक घण्टाको दुरीमा चिसो हिँउ पर्ने ठाउँ र औंलो लाग्ने जस्तो गर्मी ठाउँमा पुग्न सकिन्छ । यो बागमति गाउँपालिकाको विशेषता हो । इकुडोलको माझखण्डमा आधा दर्जन घरमा होमस्टे निर्माण हुँदैछ । सोही ठाउँमा रुद्रेश्वर मन्दिर निर्माण पुनःनिर्माण भइरहेको छ । डेस्टिनेशन अफ माझखण्ड भन्ने संस्थाले छपेलीदेखि माझखण्डसम्म केवुलकार निर्माण गर्ने तयारी भइरहेको छ ।

बागमती गाउँपालिकाले सञ्चालन गरेको जनतासँग अध्यक्ष कार्यक्रम अहिले कत्तिको प्रभावकारी भएको छ ?

गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत व्यवसायिक पशुपालक गर्ने किसानलाई अनुदान प्रदान गर्दै आएको छ । त्यस्तै किसानलाई कृषि हाते ट्याक्टर अनुदान प्रदान गरिएको यसले व्यवासायिक रुपमा कृषि पेशामा लाग्न किसानलाई थप उत्प्रेरणा जागृत भइ स्थानीय व्यसायिक कृषि पेशमा आकर्षित भएका छन् । गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत किसानले पालेका पशुका लागि लाग्ने ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान दिने गरेको छ । यसले किसानलाई राहत पुगेको हामीले महशुस गरेका छौं ।

गाउँपालिकाले एकल पूरुषलाई पनि भत्ता प्रदान गर्दै आएको छ । यस कार्यक्रमबाट कत्ति जना एकल पुरुष लाभान्वित भएका छन् ?

गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार रुपियाँ प्रदान गरी एकल पुरुषलाई सम्मान स्वरुप भत्ता प्रदान गर्दै आएको छ । अहिले ५० जना एकल पुरुषले भत्ता पाएका छन् । एकल पुरुषलाई भत्ता प्रदान गर्ने बागमति गाउँपालिका ७५३ स्थानीय तह मध्ये पहिलो हो । बागमति गाउँपालिकाले गाउँपालिका स्त्तरी घुम्ति शिबिर सञ्चालन गरी टोल टोलमा सेवा पु¥याएको छ । घुम्ति शिबिरमा सामाजिक सुरक्षा भत्ता, न्यानो कपडा वितरण, उपभोक्ता समिति गठन गर्न स्थानीयलाई प्रेरित गर्ने लगायतका सेवा प्रदान गरिएको थियो । घुम्ति शिबिरको सेवा प्रभावकारी भएकाले यसलाई थप व्यवस्थित रुपमा आगामी दिनमा पनि सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रमा आएपछि बागमति गाउँपालिकाले शिक्षा क्षेत्रमा के काम गरेको छ ?

जस्तो संविधान त्यतै शिक्ष नीति आउनु पर्ने हो सो भएको छैन् । गाउँपालिकामा प्राविमा आवश्यक्ता भन्दा धेरै दरबन्दी छ त्यो वैज्ञानिक छैन । हामीले यसलाई वैज्ञानिक बनाउने प्रयास गरेका छौं । अहिले गाउँमा विद्यार्थी कम हँुदै गएका छन् । स्थानीय सर्वसाधारण सहर केन्द्रित हुँदा गाउँका विद्यार्थी सहरका बोडिङ्ग स्कूलमा पठनपाठन गर्ने क्रम बढेको छ । गाउँपालिकाले भने गाउँमा भएका सबै विद्यार्थीलाई गुणस्त्तरीय शिक्षा प्रदान गर्न निरन्तर काम गरिरहेको छ । गाउँपालिकामा अहिले ४७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

तपाँईको कार्यकालको आधा समय भन्दा बढि बितिसकेकोछ अबको बाँकी समय केके गर्ने योजना बनाउनुभएको छ ?

यस अवधिमा पनि हामीले प्रभावकारी काम गर्दै आएका छौं । अबको बाँकी समयमा पनि जनतासँग प्रत्यक्ष रुपमा जोडिएका विकास निर्माणका काम गर्नुपर्छ । अहिले हामीले ७ वटै वडाको सबै टोलमा बाटो पु¥याएका छौं । एक घर एक धारो पु¥याउने क्रम जारी छ । देश समृद्ध बनाउन पनि जनतालाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ हामीले अहिले जनतालाई कृषि, पशुपाल लगायतका उत्पादन कार्यसँग जोडेर स्थानीयको आर्थिक समृद्धि बनाउने काममा निरन्तर लागि परेका छौं । अबको बाँकी समयमा पनि जनतालाई समृद्ध बनाउनकै लागि निरन्तर क्रियाशिल भएर लाग्नेछौं ।

प्रतिकृया