फागुन १४ गते मतदान हुने गरी स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
प्रकाशित मिति
२०७६ पुष २९ गते, मंगलवार ०९:५७
काठमाडौं, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको फागुन १४ गते मतदान हुने गरी निर्वाचन तालिका सार्वजनिक भएको छ । सोमबार साँझा जारी भएको तालिका अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने रहेको छ ।
फागुन २ गते १ बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने कार्यक्रम रहेको छ । फागुन ३ गते ४ बजेसम्म मतदाता सूची उपर दावी विरोधको छानविन अन्तिम नामावली प्रकाशित गर्ने, फागुन ४ गते ४ बजेसम्म उम्मेदवारको लागि मनोनयन पत्र वितरण (प्रत्यक्ष र समानुपातिक दुबैको लागि), फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनय पत्र प्रत्यक्षतर्फको र समानुपातिकतफको शिलबन्दी नामावली दाखिला गर्ने कार्यक्रम रहेको छ ।

फागुन ५ गते ४ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ६ गते ४ बजे दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ७ गते १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, फागुन ७ गते ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

क्याम्पस स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनको लागि संघ, संगठन समूह दर्ता गर्ने अन्तिम मिति फागुन १ गतेसम्मको समय तोकिएको छ ।
तालिका





प्रतिकृया