पृथ्वी नारायण शाहा नभैदियको भय त्यहि काठमान्डौ भन्ने देशमा आउन तिमीहरुलाई Student / working / visit Visa चाहिन्थ्यो
प्रकाशित मिति
२०७६ पुष २७ गते, आईतवार ०९:४२
दिपा सिमखडा
परलोकबाट पृथ्विनारायण शाहा यस्तै शासक र रैतिले देश चलाउन्या छन् भन्ने उस बखतमा जान्या भए मर्त्यलोक छाड्ने बेलाँ नेपाल नामको धर्तिको चौटो अर्कैलाई बकस दिएर जाने थियाँ !

ए लफङ्गाहरु हो!!
तिमी जुन धरातलमा साढे जसरी नाचेर ईतिहासलाई गाली गर्दैछौ नि यदि पृथ्वी नारायण शाहा नभैदियको भय त्यहि काठमाडौं भन्ने देशमा आउन तिमीहरुलाई Student / working / visit Visa चाहिन्थ्यो । राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेला गर्ने अधिकार कसैलाइ छैन ।

उनी नभएको भए तिमी अनि म त हुन्थ्यो होला तर नेपाली हुन्नथ्यौ। जुन पोखरीको पानी खान्छौं त्यो पोखरीको निर्मातालाई पनि सम्झने गर। ढाडे बढि भए भने मुसा मार्दैन भन्थे हो रैछ , बरु उनले सिङ्गो नेपाल बनाए आज ढाडेहरुको हातमा देश परेर हामी नेपालीहरुले दुबाई, कतार, मलेसिया साउदी बनाउदै हिड्न परेको छ ।
इतिहास न मेटिन्छ, न तोडिन्छ, न मोडिन्छ। केही समय भ्रममा रहला तर कहिले मर्ने छैन। तिमी तोरीहरुले उनलाई गाली गरेर , भुलेर , थुकेर उनको उठेको औला झुकाउन सक्दैनौ , तिमीहरुले बिर्सेनि उहाँ हामी सबै नेपाली जनताको मनमा हुनुहुन्छ। बिदा नदिएर नि गुनासो छैन दिनभरि मोबाईलमा लुडो खेलेर बस्नु भन्दा त बरु काम गरेरै तिमीहरुले बिगारेको देश अलिकति भएपनि बनाईन्छ ।
राष्ट्रपिता !! तापईको देनप्रति नतमस्तक छु




प्रतिकृया