• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

सागमा सहभागीलाई टेलिकमको निःशुल्क फोरजी सिमकार्ड

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ०३:३८

काठमाडौँ, नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग)को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ ।

टेलिकमले उक्त खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ ।

Kamana Sewa

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । यसका लागि ११६६ सर्ट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने छ ।

Classic Tech Desktop

प्रतिकृया