• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

उमाकुण्ड ५ मा ६७ प्रतिशत मत खस्यो

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ०५:१८

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –५ प्रितिमा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६७ प्रतिशत मत खसेको छ ।   शनिबार बिहान सात बजेबाट सुरु भएको मतदानमा साँझ ५ बजे सम्म ६७ प्रतिशत मत खसेको हो । वडा नम्बर ५ मा १ हजार ७ सय ४८ मतदाता रहेका थिए । मतदानमा ५ सय ८१ जना महिला र ५सय ९१ जना पुरुष गरि १ हजार १ सय ७२ जनाले भाग लिएका छन् ।

उपनिर्वाचनमा नेकपाबाट कुलबहादुर बस्नेत, कांग्रेसबाट सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राप्रपा संयुक्तबाट हर्क बहादुर तामाङ उम्मेदवार रहेका छन् ।यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कुवेर खत्री वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि शनिबार उक्त वडामा निर्वाचन भएको हो। अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यो उपनिर्वाचनमा १ सय ८० जना मतदाताले बढी मतदान गरेका छन् ।

Kamana Sewa

मतगणना पनि आज बेलुका देखि नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया