• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

कास्की–२ मा मतदान जारी, उम्मेदवार भट्टराईद्धारा मतदान

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ०३:२३

पोखरा, कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपाका उम्मेदवार बिद्या भट्टराईले मतदान गर्नुभएको छ ।

सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।

Kamana Sewa

बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो । त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताउनुभयो । सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया