• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

भारतीय हस्तक्षेत्र विरुद्ध, सामाजिक सञ्जालमा Go_Back_India अभियान तिव्र

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार ०१:१२

काठमाडौँ, भारतले नेपालको भू–भाग अतिक्रमण हुने गरी नयाँ नक्साङ्कन गरेपछि पछिल्लो समय सामाजिक सञ्जालमा Go_Back_India को अभियान तिव्र बनेको छ । सामाजिक सञ्जालमा भारतको विरोध मात्र नभई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले आजै भारतीय हस्तक्षेत्र विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि अनेरास्ववियूले विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले बुधबार आर आर क्याम्पसबाट प्रदर्शन गर्ने भएको छ । प्रदर्शनमा सम्पूर्ण युवा विद्यार्थी तथा नेपाली नागरिकलाई उपस्थितीको साथमा देशै भर व्यापक मात्रामा विरोध प्रदशर्शन गर्न संगठनका संयोजक ऐन महरले सामाजिक सञ्जाल मार्फत अपिल गर्नुभएको छ । भारतले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो भुमि भन्दै समेटेको छ ।

Kamana Sewa

प्रतिकृया