• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

मोबाइलको लत छुटाउन गुगलले ल्यायो पेपर फोन

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०२:१८

एजेन्सी, गुगलले मोबाइलको लतमा फसेकाहरुका लागि लत छुटाउन कागजी फोन तयार गरेको छ । गुगलका अनुसार यो पेपर फोन एक प्रकारको परीक्षण हो, जसले मानिसहरुलाई डिजिटल डिटक्सका लागि सहयोग गर्नेछ । गुगलले भनेको छ, हामीलाई विश्वास छ कि यो सानो परीक्षणले तपाइँहरुलाई प्रविधिको लतबाट छुटकारा दिलाउन अर्थात् डिजिटल डिटक्समा सहयोग गर्न सक्नेछ । यसबाट तपाइँ आफ्ना अन्य महत्वपूर्ण काममा केन्द्रित हुन सक्नुहुनेछ ।’

गुगलले आफ्नो एक ब्लग पोष्ट भनेको छ, पेपर फोन एउटा ओपन सोर्स एप हो, जुन हाल परीक्षणमै रहेको छ । यसले प्रयोगकर्तालाई स्मार्टफोनको लत छुटाउन सहयोग गर्दछ । यो एपका लागि कोड न्ष्तजगद मा उपलब्ध छ । स्मरण रहोस् गिटहब माइक्रोसफ्टको सहायक कम्पनी हो र विश्वका सबैभन्दा ठूलो मध्येको एक सफ्टवेयर डेभलपमेन्ट प्लाटर्फम हो । तपाईंलाई त्यसमा रहेका जुन चिजको आवश्यकता पर्दछ, पेपर फोन एपले त्यसलाई प्रिन्ट गरिदिन्छ र तपाइँले फोन हेरिरहनु पर्ने आवश्यकता पर्दैन ।

Kamana Sewa

प्रतिकृया