• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०२:२७

कैलाली, कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार अंशु र लक्ष्मणलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Kamana Sewa

बस र बस चालकलाई बिहीबार नै नियन्त्रणमा लिएको थियो । बसको ठक्करबार २ जना बालकको मृत्यु भएपछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् ।

Classic Tech Desktop

प्रतिकृया