नेपाल टेलिकमको यस्तो छ नयाँ अफर
प्रकाशित मिति
२०७६ कार्तिक १ गते, शुक्रबार १०:५३
काठमाण्डौ, नेपाल टेलिकमले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । बिहीबारबाट शुरु भएको अफर अभियान आगामी ९ महिनासम्म जारी रहने कम्पनीले जानएको छ । अब यसअघि उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन ग्राहकमैत्री बनाइएको छ ।
अफर

डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिन भर ८० एमबी डाटा चलाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने बताइएको छ ।
एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको छ ।
पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने गरी परिमार्जन गरिएको छ ।
एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधा भने यथावत नै रहेका छन् ।




प्रतिकृया