• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

ह्याङग ओभर मेटने दशैं

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ०६:०५

सचिता बुढाथोकी
लोकप्रिय संचारकर्मी

हिन्दू नेपालीको महानपर्व दशैं नेपालीको घर आँगनमा भित्रिसकेको छ । नेपालीहरुको महान पर्व दशैं एक आपसमा शुभकामना आदान प्रदान गरेर धुमधामका साथ मनाउने पर्व पनि हो । दशैंलाई नेपालीहरुले एक ठुलो र महान चाडको रुपमा लिने गरेका छन । दशैं नजिकिदै गर्दा टेलिभिजनको स्क्रीनमा वर्षभरी रमाउने समाचारवाचिका भनौं वा कार्यक्रम प्रस्तोतालाई पनि नजिकिदै गरेको दशैंले छोएको छ ।

Kamana Sewa

यस्तै एक लोकप्रिय टेलिभिजनको स्क्रीनमा छाईरहने समाचारवाचिका तथा कार्यक्रम प्रस्तोता सचिता बुढाथोकीलाई पनि दशैंले छोएको छ । प्रायजसो टेलिभिजनको स्क्रीनमा छाउने समाचारवाचिका सचिता दशैंको योजना बनाउने खासै फुर्सद भने उनलाई छैन । एविसीकी सचिता यस वर्षको दशैं काठमाडौमा मनाउने तरखरमा छिन । हरेक वर्ष आफनै गृह जिल्ला सर्लाहीमा दशैं परिवारका साथमा मनाउदै आएकी सचिता यस वर्ष काम विशेषले टेलिभिजनको स्क्रीनमा समाचार पढेर दशैं मनाउने तयारीमा छिन । पहिलो चोटी काठमाडौमा दशैं मनाउन लागेका सचिता आफन्त र सहकर्मीको साथमा बसेर दशैं मनाउन बताउछिन । उनी भन्छिन

Classic Tech Desktop

पहिला पहिला जस्तो दशैंमा नया पहिरन लगाउनु पर्ने भन्ने पनि लाग्दैन । दशैंमा भेटेसम्म पिङ खेल्छु । आफूभन्दा ठूलासंग टीका थाप्ने आशीर्वाद लिने यस्तै यस्तै हो । दशैंमा धेरै थरिथरिका, मिठोमिठो परिकार बनाएर साथीभाइ, आफन्तसंग बसेर खाएर रमाईलो गर्न पाउदा वर्षभरीको ह्याग्ङओभर मेटिने उनको भनाई छ । परिवार , साथीभाई , आफन्त संग बसेर सेलिव्रेट गर्न पाउदा वर्षभरी परिवारसंग छुटिटएर बस्नु परेको न्यास्रो मेटने पर्वको रुपमा समेत सचिताले लिने गरेकी छन ।त्यसमा पनि उनको दशैं मनपर्ने चाड हो ।दशैंमा गाउनमा सजिने सचिता यस वर्ष भने कुर्ता दशैं मनाउने सोचमा छिन ।

प्रतिकृया