डेंगुका लक्षण र बच्ने उपाय जानी राखौँ
प्रकाशित मिति
२०७६ भाद्र २३ गते, सोमबार ०१:०३
डेंगु ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एसिड लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन । यो लामखुट्टेले सफा पानी जमेका स–साना स्थानमा फुल पार्ने गर्दछ ।खासगरी बर्षाको पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा वन पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानी ट्याङ्की आदिमा यसले फुल पार्द छ ।
अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ।
डेंगु ज्वरोका लक्षण
– ज्वरो आउने
-बेस्सरी टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– शरीरमा डाबरहरु आउने
-अरुचि हुने
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
-पेट तथा आन्द्रामा गडबडी हुने
-केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।

बच्ने उपाय

– यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो।
– पुरा शरीर ढाकिने गरी कपडा लगाउने
– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
-राती र दिउँसो पनि झुलभित्र सुत्ने
– घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउने
– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
लामखुट्टेले फुल पार्ने ठाँउमा फुल पार्न नदिन गर्नुपर्ने उपाय
– पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङ्की, ग्रागी, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने
– लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने
– घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा गर्ने




प्रतिकृया