• २ असोज २०८३, शुक्रबार
  • १ः५० राती

बन्धक बनाएको अभियोगमा सात जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०१:२२

काठमाडौँ, अपहरण गरी बन्धक बनाएको अभियोगमा ७ जना पक्राउ परेका छन् ।

National Life

शनिबार नुवाकोट दुप्चेश्‍वर गाउँपालिका–१ का २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको आरोप सिन्धुली घ्याङ्ले गाउँपालिका–२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका–१३ बाफल का ५३ वर्षीय राजु खड्गी, रसुवा गोसाईकुण्ड गाउँपालिका–९ का ४१ वर्षीय पाल्साङ तामाङ, रामेछाप दोरम्बा गाउँपालिका–७ का ३२ वर्षीय लिला थापा मगर, रामेछाप दोरम्बा गाउँपालिका–७ का ३१ वर्षीय शिवराम थापा मगर, सुनसरी महेन्द्रनगर नगरपालिका–७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका–९ का ३५ वर्षीय जिस घले पक्राउ परेका हुन् ।

कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट पेम्बा तामाङलाई केही मानिसहरुले गाडीमा लिई गएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा छाउनीस्थित ३३ वर्षीय अर्जुन लामाको घरमा पेम्बा र उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको हो । साथै अपहरित पेम्बा तामाङसमेतले ठगी गरेको बुझिन आएको हुँदा पेम्बालाई ठगी मुद्धा तथा अन्य ७ जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया