• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

नेपालले एकतारा र एक ग्रहको नाम राख्ने

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०१:०१

काठमाडौँ, नेपालले पनि एकतारा र एक ग्रहको नाम राख्ने भएको छ । आकाशंगंगामा रहेको एउटा तारा र एउटा ग्रहको नाम नेपाली नाम हुनेछ । सो तारा र ग्रह संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले नेपाललाई त्यो अवसर प्रदान गरेको हो ।

पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र त्यसले परिक्रमा गर्ने ताराको नाम राख्ने अवसर नेपालले पाएको हो । सन् १९१९ मा स्थापना भएको आइएयुले यो वर्ष शतवार्षिकी मनाउँदैछ । सो अवसरमा नेपालसहित सदस्य राष्ट्रहरुलाई नाम राख्ने अवसर दिएको हो ।

Kamana Sewa

आइएयुको नेपाल च्याप्टरले नाम छान्न समिति गठन गरी १४ भदौभित्र नाम पठाउन सर्वसाधारणलाई आह्वान गरेको छ । नेपालले नाम राख्ने तयारीमा रहेको उक्त तारा र ग्रहको पनि नाम अझैसम्म राखिएको छैन ।

Classic Tech Desktop

प्रतिकृया