• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार १२:४९

काठमाडौँ, काठमाडौँको कोटेश्वरमा ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति ११ बजे महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको बा १ झ ७८६६ नम्बरको प्रहरी भ्यानले कोटेश्वर चोकनजिकै ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

मतृकको परिचय खुलेको छैन । उनको उपचारका क्रममा ट्रमा सेन्टरमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया