• ४ साउन २०८३, सोमबार
  • १:२५ बिहान

सामसङले फोल्डेबल स्मार्टफोन निकाल्ने

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०३:१३

एजेन्सी, सामसङ कम्पनिले बजारमा अब फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ । पहिलो फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी फोल्ड’ सेप्टेम्बरबाट बजारमा बिक्रीका लागि पठाउने भएको हो ।

कम्पनीले यो स्मार्टफोन यो वर्षको शुरूमा ल्याउने भनेपनि ढिला भएको जनाउँदै सेप्टेम्बरमा बिक्रीका लागि खुला गर्ने जनाएको छ । अप्रिलमा ल्याउने भनिएको सो फोल्डेबल स्मार्टफोनमा केही खराबी देखा परेपछि यसलाई ढिला गरी बजारमा ल्याउन लागिएको कम्पनीले बताएको छ ।

Kamana Sewa

अमेरिकी बजारमा सामसङको ‘ग्यालेक्सी फोल्ड’ले बजार तताउने अपेक्षा गरिएको छ । कम्पनीले यहि वर्ष मात्रै यो मोबाइल ३ लाख थान बिक्री गर्ने लक्ष्य लिएको छ ।
यसअघि सामसङले यो मोबाइल १० लाख बिक्री गर्ने लक्ष्य लिएको थियो । कम्पनीले वर्षमा ३० करोड मोबाइल औसत उत्पादन गर्ने गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया