• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

एक जोर जुत्ताको मूल्य ४ करोड ८० लाख

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०३:२६

एजेन्सी (बिबिसी) , सामान्य जुताको मूल्य १ हजार सम्म पाइन्छ । तर संस्थापकले डिजाइन गरेको एक जोर जुत्ताको मूल्य ४ करोड ८० लाख परेको छ । उक्त ऐतिहासिक जुत्ता सो मूल्यमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १ सय जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो। तर क्यानेडाली माइल्स नाडालले त्यसलाई ४ लाख ३७ हजार ५ सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै ८ लाख ५० हजार डलरमा किनेका हुन्।

Kamana Sewa

उक्त जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह—संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए। यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो। लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए।

Classic Tech Desktop

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्। यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ। सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो।

प्रतिकृया