• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

स्मार्ट चालक अनुमतिपत्र प्रिन्ट गर्ने ‘मास प्रिन्टर’ अझै आइपुगेन

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०२:४०

काठमाडौँ, ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ ।

तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत खरीद गर्न लागेको छ । प्रिन्टर चाँडो ल्याएर सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले अझै पनि सकेसम्म चाँडो प्रिन्टर भित्र्याउन पहल गरिरहेका छौँ ।”

Kamana Sewa

‘मास प्रिन्टर’ आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागले बताएको छ । महानिर्देशक दाहालले उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमितरुपमा सञ्चालनमा आउने बताउनुभयो । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ ।

Classic Tech Desktop

प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । उहाँले भन्नुभयो, “कार्ड र प्रिन्टर दुवै चाँडो ल्याएर अहिले भएको ढिलाइ हटाउने हाम्रो उद्देश्य हो ।” विभागमा रहेको मुद्रण यन्त्र ९छपाइ मेशिन० को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाउन सकेका छनन् । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेका छन् । सरकारलाई बुझाउनु पर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।

प्रतिकृया