• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

बिजुलीको पोलमा ठोक्किएर पल्टिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०२:३५

काठमाडौं, काठमाडौंको कपुरधारामा आज बिहानै बिजुलीको पोलमा ठोक्किएर पल्टिदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा गोरखा बारपाक सुनिकोट गाँउपालिका—५ का २३ वर्षीय मनोजकुमार खड्का रहेका छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी सवार रहेका गोरखाकै २४ वर्षीय सुरज थापा र २४ वर्षीय विशाल थापाको सोही अस्पतालमै उपचार भैरहेको छ । बा३०प७३ ४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

Kamana Sewa

प्रतिकृया