• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सर्यो

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०२:२५

काठमाडौं, एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सारिएको छ ।
श्रीलंकामा आयोजना हुने यू–१९ एसिया कप एक साता पछि सारिएको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले खेल पछि सारेको तर तालिका भने सार्वजनिक भइनसकेको जनाएको छ । यसअघि प्रतियोगिता २८ अगष्टबाट ८ सेप्टम्बरसम्म हुने तय भएको थियो । प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र तथा आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

Kamana Sewa

प्रतिकृया