• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

कांग्रेस सडक आन्दोलनमा जान्छः सभापति देउवा

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०२:०७

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी सडक आन्दोलमा जाने बताउनु भएको छ । सोमबार काठमाडौंमा वीपी स्मृति जयन्तिको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको भन्दै यस्तो बताउनु भएको हो ।

सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याउनु भयो । उहाँले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नु भयो ।

Kamana Sewa

प्रतिकृया