• ४ साउन २०८३, सोमबार
  • १:२५ बिहान

अफगानिस्तानमा २८ जना लडाकू मारिए

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०३:१२

एजेन्सी, अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ ।

“तालिवान लडाकूहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भन्नुभयो ।

Kamana Sewa

उहाँले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिबार राति आक्रमण भएको हो । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिबान लडाकूहरुलाई सुरक्षाकर्मीहरुले नै आक्रमण गरेका हुन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

Classic Tech Desktop

प्रतिकृया