• ३ साउन २०८३, आइतबार
  • ३:३१ बेलुका

अमेरिकाले इरानको ड्रोन खाडीको समुन्द्रमा खसाल्यो

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०३:२०

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको मानवरहित ड्रोन खसालिदिएको बिहीबार बताएका छन् । खाडीको समुन्द्रको होरमुज क्षेत्रमा ड्रोन खसालिदिएको अमेरिकी राष्ट्रपतिको भनाईलाई इरानले खण्डन गरेको छ ।

इरानी विदेशमन्त्री अब्बास अर्गाचीले आज शुक्रबार ट्वीटर पोष्ट गरी अमेरिकी दाबीलाई गलत भनेका छन् । अमेरिकाले गल्तीले आफ्नै यान खसालेको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले खाडीको समुन्द्रको होरमुज क्षेत्रमा तेल ट्याकरहरुमा अवरोध गरिरहेकाले कडा कदम चालेको बताएका छन् । खाडीको समुन्द्रमा पछिल्लो समय इरानको अमेरिकालगायत पश्चिमा देशहरुसँग तनाव बढेको छ ।

Kamana Sewa

प्रतिकृया