• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

सर्लाहीमा गोली लागेर मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ राहत

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०४:४७

काठमाडौं, सरकारले सर्लाही जिल्लाको बाँकेमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका–१३ का सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको गरेका निर्णयको सार्वजनिक गर्दै जनाकारी दिनु भएको हो ।

उनले भने, ‘सरोज नारायण सिंहको परिवारलाई सरकारले राहत स्वरुप १० लाख दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल तिर्ने निर्णय भएको छ।’ गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा गोलीलागेर सिंहको मृत्यु भएको थियो ।

Kamana Sewa

प्रतिकृया