• २ असोज २०८३, शुक्रबार
  • ११ः०७ बिहान

सुर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम शनिबार सार्वजनिक हुने

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०४:२६

भक्तपुर, नगरको विकास र समृद्धिका लागि सुर्यविनायक नगरपालिकाले विभिन्न नाराहरु तयार पारेको छ । ‘कृषि, शिक्षा, पर्यटन र पूर्वाधार, सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने नारालाई नगरपालिकाले मुख्य नारा बनाएको छनगरसभामा एक सय तीस बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।

National Life

उक्त सभामा २० वटा विषयगत नाराहरू समेटिने छन् । नगरपालिकाले कृषितर्फ ‘कृषि तथा पशुपालनमा आधुनिकीकरण, कृषकको जनजीविकामा रूपान्तरण भन्ने नारा लिएको छ ।पूर्वाधारलाई प्राथमिकतामा राखेको नगरले ‘सडक यातायात पूर्वाधार, तीव्र विकासको आधार,’ नारा तय गरेको छ । यस्तै, शिक्षातर्फ ‘शिक्षा, युवा तथा खेलकुद पूर्वाधार, सन्तुलित नगर विकासको आधार,’ संस्कृति र वनतर्फ ‘धर्म, संस्कृति, पर्यटन र विज्ञान, जैविक विविधतासहितको राष्ट्रिय प्राणी उद्यान,’ वातावरणतर्फ ‘विकासको मूल आधार, वातावरणमैत्री दिगो पूर्वाधार, हनुमन्ते करिडोर निर्माण व्यवस्थापन, ट्राफिक समस्याको दिगो समाधान लगायत नारा नगरसभाबाट पारित हुने सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी गराउनु भयो ।

नाराअनुसार सबै कार्यक्रम बजेटमा समेटिएको छ, जारी नगरसभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले पुँजीगततर्फ ६९ करोड २० लाख, चालू खर्चतर्फ ११ करोड २८ लाख, सामाजिक सुरक्षातर्फ आठ करोड ९९ लाख, विषयगत शाखामा पाँच करोड १० लाख र सशर्त कार्यका लागि ३५ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको र नगरपालिकाले पाँचौँ नगरसभाबाट विषयगत नारासहितको नीति तथा कार्यक्रम पारित गरी २८ गते शनिबार सार्वजनिक गरिने, सुर्यविनायक नगरपालिकाका प्रमूख प्रसासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया