• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

गायिका सिर्जना खनालको तीज कोशेली “ केल्ले मलाई सुहायो” दर्शकमाझ

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार १०:१५

धादिङ । गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा ल्याएकी छन् । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो ।
“पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले केल्ले मलाई सुहायो रातो टिकीले” उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ ।

यस पटकको गीतबाट अघिल्लो वर्षभन्दा धेरै आशावादी रहेको उनि बताउँछिन् । तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ ।“बारी राम्रो तोरीले घर उजेलो छोरीले केल्ले मलाई सुहायो फुर्के डोरीले”महिलाले गर्ने शृंगारका कुराहरु उनले गीतमा व्यक्त गरेकी छन् ।

Kamana Sewa

प्रतिकृया