• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

तनहुँको फार्ममा आगलागी

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०९:५८

तनहुँः शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको फार्ममा आगलागी भएको छ । सो आगलागीबाट मानिसहरु सकुसल रहेपनि २८ पशु चौपाया मरेका छन्। गएराति १० बजेतिर स्थानीय रामकली भण्डारीको गोठमा आगलागी हुँदा १३ वटा भैँसी र १५ वटा खरायो मरेका हुन्। पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ ।

सो आगलागीबाट अरु ३ भैँसी घाइते भएका छन्। खरले छाएको दुई वटा गोठ जलेका छन्। दुई वटा टौवामा रहेको करीब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ। स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएपछि राति करिब १ बजे सदरमुकाम दमौलीबाट गएको दमकलले आगो निभाएको थियो। आगलागीको कारणबारे आवस्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

Kamana Sewa

प्रतिकृया