• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

फोरमद्वारा निर्वाचनको मिति सार्ने चलखेल गरेको संघ नेतृत्वमाथि आरोप

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०६:४५

काठमाडौं, नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले विधानलाई वेवास्ता गरी नियमित गर्नुपर्ने साधारण सभा र निर्वाचनलाई आलटाल गरी मिति सार्ने चलखेल गरेको आरोप लगाएको छ । व्यवसायीहरुका नाममा एक अपिल जारी गर्दै फोरमका अध्यक्ष हंशराज वाग्लेले संघ नेतृत्वलाई खबरदारी गर्न आग्रह गरेका छन् ।
संघले गरेका गलत क्रियाकलापहरु भन्दै २१ बुँदामा आफ्ना भनाई राखेको फोरमले एक बर्ष भन्दा बढी मलेसिया बन्द गर्न मन्त्रीलाई उक्साई सिन्डीकेट लाद्न खोजेको, कतार भिषा सेन्टरमा संघका अध्यक्ष सहितको पार्टनरसिप मिलाई ब्यवसायी र कामदारलाई आर्थिक भारमा पारेको, धरौटी बढाउनपर्छ भनी लिखित रुपमा श्रम मन्त्रालयलाई पत्र दिएको दावी गरेको छ ।

त्यसैगरी फोरमले सरकारले तोकेको धरौटीलाई बैंकहरुसंग कमीसनको चलखेल गरी बढी पैसामा बैंक ग्यारेन्टी राख्न मिलेमतोमा बैंक मिलाउने भन्ने प्रचार गरेको, नियमित लेवी तिरेर सदस्य रहेका ब्यवसायीलाई कुनै सिफारिस दिनुपरेमा पार्टीगत विभेद गरेको, क बर्गका बैंकहरुमा धरौटी राख्न पाउनु पर्ने माग नगरी ब्याज चाहियो भनेर अनावश्यक माग गरी कमीसनको खेलमा लागेको, कम्पनी मरर्जरको वाहानामा ब्यवसायीहरुलाई संख्या घटाउन दवाव दिएको, बैदेशिक रोजगार बन्द गरी स्वरोजगारमा बढावा दिनु पर्छ भन्ने एजेन्ट बोकेको श्रम मन्त्रालयको कार्यक्रममा मन्त्रीलाई खुसी पार्ने उदेश्यले सक्रिय सहभागीता जनाएको, सरकारले नेपालको संविधानको मौलिक हक अन्तर्गत नागरीकले स्वतन्त्ररुपमा ब्यापार ब्यवसाय गर्न पाउने अधिकार विपरित जवरजस्ती धरौटी लादी आमब्यवसायी साथीहरुलाई ब्यवसाय गर्नबाट वन्चित गराउन खोज्दा पनि संघ त्यस्को कानुनी उपचारमा जान नचाहेको आरोप पनि लगाएको छ ।

Kamana Sewa

प्रतिकृया