• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

रुपन्देहीमा साढे ४ लाख लुटपाट

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०६:३४

रुपन्देहीको गैडहवा गाउँपालिका(४ मा गोली प्रहार गरी लुटपाट भएको छ । रेशम कुमारी मल्लले कृषि विकास बैंकबाट निकालेको ४ लाख ६३ हजार रुपैयाँ मोटरसाइकलमा आएका व्यक्तिले लुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । लुटेराले गोली प्रहार गरे पनि कसैलाई गोली लागेको छैन ।

प्रहरीका अनुसार अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी मल्लको साथबाट उक्त रकम लुटिएको हो । रिक्सामा को(को सवार थिए भन्ने खुलेको छैन । मल्लले आफ्नो २ लाख र गाउँपालिकामा ताल सरसफाइका लागि २ लाख ६३ हजार बैंकबाट निकालेको प्रहरीले जनाएको छ । लुटेराले हानेको गोली टेप्पुको टायरमा लागेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया