प्रहरीलाई ब्लफ कल
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०७:२३
प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे। महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए । कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास र्गयो । प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए । प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन ? ’ ती व्यक्तिले जवाफ दिए, ‘डर लागेर पुलिसलाई फोन गरेको हो। चोरी भएको छैन ।’ प्रहरीले उनलाई पक्राउ गरी ल्यायो । आइन्दा प्रहरीलाई दुःख दिने र गिज्याउने काम नगर्न चेतावनी दिएर छाडियो ।
यस्ता ब्लफ कल प्रहरीलाई दैनिक ३ सयको हाराहारीमा आउँछ। कोही मादक पदार्थ सेवन गरेर प्रहरीसँग जिस्किन्छन् । कोही छोराछोरीलाई तर्साउने नाममा पुलिस बोलाइदिन्छु भन्छन् । कोहीले पटक–पटक एउटै नम्बरबाट फोन गरी सम्पर्क्विहीन हुन्छन् । कोहीले प्रहरीलाई गाली गर्छन् । कसैले कुनै घटनै नभई र अपहरणै नभई अपहरण भएको भन्दै ब्लफ कल गर्ने गरेको महानगरीय प्रहरी रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताइन् ।

अन्नपूर्ण पोस्ट दैनिकबाट साभार





प्रतिकृया