आगामी जेठमा महाधिवेशन गर्ने राप्रपाको निर्णय
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०७:००
काठमाडौंः महत्पूर्ण छलफल र २०७७ जेठमा आगामी महाधिवेशन गर्ने निर्णयसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । काठमाडौंमा दुइदिनसम्म चलेको बैठकले समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्य्दिशा” सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्धारा प्रस्तुत सचिवालय सम्बन्धि र कोषाध्यक्ष उद्धव पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनहरु सर्वसम्मत पारित गर्दै बैठक सम्पन्न बताइएको छ ।
साथै बैठकले सरकारको कार्यशैली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै गएको, संवैधानिक निकाय, राष्ट्रिय स्तरका आयोग, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टी प्रति आस्था राख्ने व्यक्तिहरु छानी छानी राख्ने कार्य भईरहको, शक्ति पृथकिकरणको मान्यतालाई आघात पुर्याउँदै न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको, भ्रष्टाचारको माध्यमबाट अकुत सम्पति जोडने काम अनवरत जारी रहेको, अनुसन्धान र कारवाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रिकृत गरिएको , राज्यको चौथो अंग आमसंचार माध्यमलाई मिडिया काउन्सिल विधेयक मार्फत नियन्त्रण गर्ने दुष्प्रयास भएको, मानव अधिकार आयोगलाई पंगु बनाउन खोजिएको, प्रधानसेनापति समेतलाई ‘वाईपास’ गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजिएको जस्ता आरोपसमेत लगाएको छ





प्रतिकृया