• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

विमानस्थल नजीक कारमा आगलागी, प्रहरीद्वारा उद्धार

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०६:४३

काठमाडौँ,  हिजो शनिवार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नजीक आगलागी भएको थीयो । आफन्तलाई लिन गएको माज्दा कारमा गुडिरहेको बेला एकाएक आगो लागेपछि त्यहा भागदौड समेत भएको थीयो । घटना हिजो शनिबार अपरान्ह ४ बजेतिर घटेको हो । विमानस्थलको गोल्डेन गेट प्रवेशद्वार कटेर विमानस्थलतर्फ उकालो लाग्दै गर्दा कारमा एक्कासी आगलागी भएको जनाइएको छ ।
ताहाचल काठमाडौं निवासी रितेश श्रेष्ठले चलाइराखेको बा ५ च ८३९५ को सो कारमा एकाएक आगो लागेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्दिप भण्डारीको नेतृत्वमा प्रहरी, सर्वसाधारण र विमानस्थलको अत्याधुनिक दमकल ल्याएर आगो नियन्त्रणमा लिइएको थियो ।

National Life

‘समयमै आगलागी नियन्त्रणमा लिएको कारण घटनाले ठुलो रुप लीन नपाएको विमानस्थल सुरक्षा प्रमुख एसएसपि भण्डारीले जानकारी दिनु भयो । विमानस्थल नजिक यसरी आगलागी भएको यो पहिलो घटना भएको बताइएको छ ।

प्रतिकृया