• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

र दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने: मन्त्री खतिवडा

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०४:४८

अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताएका छन ।

National Life

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको र दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताए ।

अर्थमन्त्री डा खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको बताउदै आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने र जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउदै उनले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’

 

प्रतिकृया