• २१ जेठ २०८३, बिहीबार
  • ११:४८ बिहान

प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढ्दो

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०७:५४

प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखाएको छ । हाल नेपालमा हरेक दिन १५ व्जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ । समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’

मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता बिश्वराज पोखरेल बताउँछन् । नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउँछन् ।

Kamana Sewa

नेपाल समाचारपत्रबाट साभार

Classic Tech Desktop

प्रतिकृया