• २१ जेठ २०८३, बिहीबार
  • १:०८ बेलुका

चेल्सीका प्रशिक्षकले छाडे जागिर , चुरोट बन्यो कारण

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०७:५९

चुरोट को अन्त्य गर्न विभिन्न स्तरबाट जनचेतनामूलक प्रचार–प्रसार सुरु नभएको होइन । तर पनि चुरोटको लत भने प्राय संसारभरि नै घटेको देखिँदैन ।

सिनेमामा चुरोट नखान सल्लाह , चुरोटको नराम्रो असरबारे विज्ञापन , चुरोटको बट्टामा क्यान्सरको फोटो ,चुरोट खान नपाइने क्षेत्रको घोषणा आदि–इत्यादि गरेता पनि खान लत बसेकालाई यसको कुनै मतलब हुँदैन भने खान सुरु गर्नेले यसबारे भेउ नै पाउँदैनन् । खानु हुँदैन थाहा छ, तर पनि खान्छन् ।
यस्तै एक घटना चेल्सीका प्रशिक्षक को भएको छ ।

Kamana Sewa

इंग्लिस क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सारीले क्लब छोडेका छन् । उनी इटालियन क्लब युभेन्टस जाने भएका छन् ।

Classic Tech Desktop

गत सिजनमा इटालियन क्लब नेपोलीबाट चेल्सी आएका उनी एकै सिजनमा इटाली फर्किए । चेल्सीलाई यूरोपा लिगको उपाधि जिताएका सारीले किन इंग्ल्याण्डमा टिक्न सकेनन् ? यो विषय अहिले निकै चर्चामा छ । सारी युभेन्टस फर्किएको विषयमा दुई थरी टिप्पणी भइरहेका छन् । कसैले घरेलु फुटबल सम्झिएर सारी इटाली फर्किएको टिप्पणी गरेका छन् । तर, कसैले भने मैदानमा चुरोट पिउन नपाएपछि चेल्सी छोडेको बताइरहेका छन् ।

६० वर्षीय सारी चुरोटका अम्बली हुन् । इंग्लिस मिडिया इन्डिपेन्डेन्टका अनुसार उनले दिनमा ८० खिल्ली चुरोट पिउँछन् । चेल्सीका मालिक रोमन एब्रोमोभिचले सारीलाई खेल मैदानमा सुट लगाउन र चुरोट पिउने बानी छोड्न भनेका थिए । तर, उनले मैदानमा सुट कहिलै लगाएनन् । चुरोट नसल्काए पनि उनले ठुटो भने च्याम्पिरहे । नेपोलीमा रहँदा खेल भइरहेका बेला पनि उनलाई चुरोट पिउन छुट थियो ।

मैदानको बाहिरी लाइनमा बसेर धुँवा उडाउथे । प्रिमियर लिगमा भने मैदानमा नै त्यस्तो छुट उनलाई थिएन । आलोचना भएपछि नापोलीले उनलाई मैदानमा चुरोट खान प्रतिबन्ध लगाएपछि मैदान छेउमै चुरोट खाने एउटा विशेष स्थान नै बनाइदिएको थियो । उनी चुरोटका यस्ता अम्बली हुन, की अब खेलका लागि खेलाडी प्लेनमा जाँदा उनी भने एक्लै रेल चढेर जान्थे । त्यसको कारण थियो बीच बीचमा चुरोट खाने चाहना । चेल्सीमा सहज रुपमा चुरोट पिउन नपाएकाले उनी एक वर्षमै इटाली फर्किएको टिप्पणी भइरहेको छ ।

अब अर्को क्लब मा उनलाई चुरोट खान छुट हुन्छ कि हुदैनन त्यो अब आगामी दिनमा देख्न पाइनेछ ।

प्रतिकृया